बेलायतमा  प्रत्यक्ष टेलिभिजन बहसमा प्रस्तोता बेहोस भएपछि कार्यक्रम स्थगित

 साउन ११, २०७९ बुधबार १४:३३:५१ | एजेन्सी
unn.prixa.net

बेलायतमा  प्रत्यक्ष टेलिभिजन बहसमा प्रस्तोता बेहोस भएपछि कार्यक्रम स्थगित भएको छ । कन्जरभेटिभ पार्टीको नेता बन्ने दौडमा रहेका ऋषि सुनक र लिज ट्रसबीचको प्रत्यक्ष टेलिभिजन बहसमा प्रस्तोता बेहोस भएपछि कार्यक्रम स्थगित भएको हो ।

‘द सन’ र ‘टक टिभी’ ले आयोजना गरेको बहसका क्रममा प्रस्तोता केट मेक्यान बेहोस भएको बिबिसीले जनाएको छ । दुई प्रतिस्पर्धीबीचको बहस स्थगित भएपछि टेलिभिजनले दर्शकसँग माफी मागेको छ ।  टेलभिजनले प्रस्तोता  मेक्यान अहिले ठिक भए पनि डाक्टरको सल्लाहअनुसार केही समय आराम गर्नुपर्ने बताएको छ ।  मेक्यानको स्वास्थ्य ठीक रहेको जानकारी पाउँदा आफूहरू खुसी रहेको र फेरि उहाँसगै बहसमा उपस्थित हुने सुनक र ट्रसको भनाइ छ ।

कार्यक्रममा दुई जना प्रस्तोता राख्ने भनिए पनि अर्को एक जना कोरोना सक्रमणका कारण उपस्थित हुन सक्नुभएको थिएन । कार्यक्रम स्थगित हुनुअघि कर प्रणालीमा सुधार र बढ्दो महंगी नियन्त्रणबारेका योजनाहरुका बारेमा योजनाहरु प्रस्ततु गरिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया