श्रीलङ्काको सङ्कटकालीन अवस्था संसदबाट अनुमोदन

 साउन १२, २०७९ बिहिबार ७:३०:४३ | एजेन्सी
unn.prixa.net

श्रीलङ्काको संसद्ले अनिश्चितकालीन सङ्कटकाललाई अनुमोदन गरेको छ । तत्कालीन कार्यवाहक राष्ट्रपति रनिल विक्रेमासिङ्घेले यसअघि घोषणा गरेको अनिश्चितकालीन सङ्कटकाल संसद्ले अनुमोदन गरेको हो ।

संसदमा हिजो भएको मतदानमा १ सय २० सांसदले सङ्कटकाल अनुमोदनको पक्षमा र ६३ जनाले विपक्षमा मतदान गरेका छन् । सार्वजनिक सुरक्षाको हितका लागि सार्वजनिक सुरक्षा अध्यादेश, सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनरक्षा ऐनअन्तर्गत वर्तमान राष्ट्रपति विक्रमासिङ्घेले घोषणा गर्नुभएको थियो ।

घोषणा भएको १४ दिनभित्र संसद्को अनुमोदन प्राप्त नभएमा कानुनी प्रावधानअनुसार त्यसको म्याद समाप्त हुने श्रीलङ्काको कानुनी प्रावधान रहेको छ । विक्रमासिङ्घे जुलाई २० मा भएको संसदीय मतदानबाट श्रीलङ्काको कार्यकारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया