सीटीईभीटीद्वारा निःशुल्क छात्रवृत्तिका लागि आवेदन माग

 साउन १२, २०७९ बिहीबार १२:५७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न शैक्षिक कार्यक्रममा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

सीटीईभीटीले प्रमाणपत्र र डिप्लोमा तहमा गरी २ हजार ९ सय १३ जना र प्रि-डिप्लोमा तहमा १ हजार ८ सय १४ गरी ४ हजार ७ सय २७ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिने भएको हो ।

आज एक सूचना निकालेर सीटीईभीटी अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलाएको हो ।

आउँदो साउन २९ गतेसम्म आवेदन भर्न सकिनेछ । शैक्षिक सत्र २०७९/०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवम् भर्ना सम्बन्धी निर्देशिका–२०७० अनुसार परिषदबाट सम्बन्धन प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराउन लागिएको सूचनामा उल्लेख छ ।

साउन १५ देखि खुला हुने अनलाइन आवेदन फारमका लागि डिप्लोमा तथा प्रमाणपत्र तहको एक हजार रुपैयाँ र प्रि-डिप्लोमा तहको पाँच सय रुपैयाँ प्रवेश परीक्षा शुल्क तोकिएको छ । एसएलसी तहको परीक्षामा ६८ दशमलव ३३ प्रतिशत तथा एसईईमा गणित, अङ्ग्रेजी र विज्ञान विषयमा न्यूनतम 'सी' ग्रेड तथा अन्य विषयमा न्यूनतम 'डी' ग्रेड प्राप्त गरी २ जीपीए ल्याएका विद्यार्थीहरूले सीटीईभीटीको छात्रवृत्तिका लागि आवेदन दिन पाउनेछन् ।

प्रि-डिप्लोमा तहका लागि एसएलसी वा त्यस सरहको परीक्षा तथा एसईईमा न्यूनतम 'ई' ग्रेड प्राप्त विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन पाउनेछन् । 

हेर्नुहाेस् सूचना :

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

11 Comments

  • Nirjala Nepali

    Aug. 4, 2022, 9:42 a.m.

    For scholarship

  •  0 Reply
  • Pramesh Gurung

    July 30, 2022, 4:56 a.m.

    I want this scholarship because i want to be a good civil engineer..

  •  0 Reply
  • Pritika tamang

    July 29, 2022, 8:50 p.m.

    I'm from poor family plz..i need this scholarship ..to . fulfill my dream .of becoming nurse .so plz plz give me

  •  0 Reply
  • Hari Krishna pakhrin

    July 29, 2022, 8:34 p.m.

    I want veterinary diploma I am from ramechhap I like veterinary student I like study in veterinary I want thes opportunity

  •  0 Reply
  • Puja Pokharel

    July 29, 2022, 10:42 a.m.

    I want to be a medical student, especially I want to be a doctor. But I have not any financial support. So I need this scholarship.

  •  0 Reply
  • Samraj subedi

    July 28, 2022, 7:04 p.m.

    I am from middle class family

  •  0 Reply
  • Aasmita Thakur

    July 28, 2022, 5:30 p.m.

    मलाई नर्सिंग पढ्न मन छ , तर मेरो परिवारको आर्थिक अवस्था कमजोर छ, त्यसैले म सिटिभिटिको छात्रवृत्ति को लागि आवेदन भर्न मन छ / मलाई आशा छ कि मेरो भविष्यको लागि सिटिभिटिका अधिकारीहरुले केही बिचार गर्नुहुनेछ / धन्यवाद !!

  •  0 Reply
  • Sujan paudel

    July 28, 2022, 2:57 p.m.

    See passed

  •  0 Reply
  • Aanchal Sigdel

    July 28, 2022, 2:24 p.m.

    I really want this scholarship I hope that you will provide me there are many other students who want these but I need this . And I hope that I will get it.I scored good in SEE too with 3.35 GPA. I will be looking forward for this great opportunity.Thank you

  •  0 Reply
  • Binish Aryal

    July 28, 2022, 2:14 p.m.

    for scholarship

  •  0 Reply
  • Aaditya khadka

    July 28, 2022, 2:11 p.m.

    I want to read

  •  0 Reply

तपाईको प्रतिक्रिया