गल्ती दोहोर्‍याउने छुट कसैलाई छैन : अध्यक्ष ओली

 साउन १२, २०७९ बिहिबार १५:५०:१९ | रासस
unn.prixa.net

फाइल तस्बिर

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय चुनावमा आफूलाई हराएपछि पछुताउनुपरेको कार्यकर्तालाई स्मरण गराउनुभएको छ । उहाँले आज बिहीवार दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आउँदो चुनावमा त्यो प्रवृत्ति दोहोर्‍याउनु बेठिक हुने उहाँले बताउनुभयो । 

अध्यक्ष ओलीले सङ्घीय र प्रदेशको चुनावलाई लक्षित गर्दै कार्यकर्तालाई दोहोर्‍याएर गल्ती गर्ने छुट अब नभएको बताउनुभयो । उहाँले ठट्टा गर्दै भन्नुभयो, ‘२०६४ सालको चुनावमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर उहाँले जिताएर पठाएको मान्छे आज कहाँ छ ?’ तत्कालीन समयमा आफूलाई हराएको एक वर्ष नबित्दै क्षेत्र नं ७ का बासिन्दाले पछुतो मान्नुपरेको स्मरण गराउँदै उहाँले गल्तीलाई फेरि दोहोरिन नदिन आग्रह गर्नुभयो ।

उहाँले पालिका चुनावमा दमक नगरपालिकाले हार्नुको कारणबारे पनि कार्यकर्तालाई प्रश्न गर्नुभएको थियो । अध्यक्ष ओलीले दलको झण्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा पार्टीको सिद्धान्त तथा नीति सबैले बुझ्नुपर्ने र दोहोर्‍याएर गल्ती गर्ने काममा नलाग्न सबै कार्यकर्तालाई निर्देशन दिनुभयो ।

आजै अध्यक्ष ओलीले कमल र गौरीगञ्ज गाउँपालिका तथा गौरादह नगरपालिकाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष दीपक कार्कीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया