१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा उजुरी, आराेपित फरार

 साउन १४, २०७९ शनिबार १८:४८:४४ | दमन राई
unn.prixa.net

प्रतीकात्मक तस्बिर

खोटाङ –  खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेका दिवाहाङ भनिने देव वान्तवा राई विरुद्ध जबरजस्ती करणीकाे जाहेरी दर्ता भएको छ । मावली घरमा बसेर कक्षा ९ मा पढ्दै गरेकी १३ वर्षीया एक बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको दाबीसहित अभियुक्त राई विरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएको हो । 

पूजामा छिमेकीको घर गएको बेला २९ चैत २०७८ राति ‘हिँड मेरो घर जाउँ’ भनेर आफू सुत्ने कोठामा लगेर पहिलोपल्ट जबरजस्ती करणी गरेका अभियुक्तले ‘कसैलाई भने वा उजुरबाजुर गरे मारिदिने’ धम्की दिएकाले घटना बारे तत्काल कसैलाई नभनेको पीडितको जाहेरीमा उल्लेख छ । त्यस यता पटक–पटक जवरजस्ती करणी गरेका आरोपितले पुन: ३० असार २०७९ मा जबरजस्ती गर्ने प्रयास गर्दा भागेर शौचालयमा चुकुल लगाएर बसेर बचेको पीडित बालिका बताउँछिन् । 

रक्सी सेवन गरेर ‘मसँग हिँड’ भनेपछि अस्वीकार गर्दा हातपात गर्न खोजेपछि शौचालयमा लुकेकोको अवस्थामा शौचालय बाहिर बसेर ‘छिटो निक्ली’ भन्दै कुरेको बेला अन्य स्थानीय आएपछि प्रतिवादी घर गएको जाहेरीमा भनिएको छ । डर धम्कीका कारण कसैलाई केही नबताएकी बालिकाले पटक–पटक जबरजस्ती करणी गर्न खोजेकाले बाध्य भएर छिमेकी भाउजूमार्फत घटना सार्वजनिक गरेका हुन् ।

घटना सार्वजनिक भए लगत्तै पीडित पक्षले गएकाे ५ साउनमा दोषिलाई कारबाही गर्नुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय चिसापानी, जन्तेढुंगामा जाहेरी दिएका थिए । तर इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयमै जाहेरी दिन भनेपछि जिल्ला प्रहरी कार्यालय पुगेर दोषि बिरुद्ध जाहेरी दिइएको हो ।

‘मिल्न’का लागि दबाब दिँदै आएका आरोपित प्रहरीमा जाहेरी परे लगत्तै फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले बताउनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया