पूर्वी डोनेट्स्क क्षेत्रका नागरिकलाई ठाउँ छोड्न युक्रेनका राष्ट्रपति जेलेन्स्कीको आग्रह

 साउन १५, २०७९ आइतबार ११:२३:१९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी डोनेट्स्क क्षेत्रमा बसिरहेका नागरिकलाई ठाउँ खाली गर्न आग्रह गर्नुभएको छ ।

यो क्षेत्रमा दुई पक्षबीच युद्ध थप चर्किन सक्ने चेतावनीसहित उहाँले ठाउँ छोड्न नागरिकलाई आदेश दिएको बीबीसीले जनाएको छ ।

रुसले धेरैजसो भागमा कब्जा जमाएको पूर्वी डोनेट्स्क क्षेत्रमा निरन्तर युद्ध भइरहेको छ ।

रुसी सेनाहरु अघि बढिरहेका छन् । राष्ट्रपति जेलेन्स्कीका अनुसार अझै हजारौँ नागरिक त्यस क्षेत्रमा फसेका छन् र उनीहरूलाई आवश्यक सहयोग पनि निरन्तर भइरहेको छ । गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो । 
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया