रुसको आक्रमणमा परि युक्रेनका धनाढ्य व्यापारी र उनकी श्रीमती मारिए

 साउन १६, २०७९ सोमबार ९:२७:३५ | एजेन्सी
unn.prixa.net

रुसको आक्रमणमा परि युक्रेनका धनाढ्य व्यापारी र उनकी श्रीमती मारिएका छन् । दक्षिणी सहर माइकोलाइभमा रुसले गरेको आक्रमणमा ७४ वर्षीय ओलेक्सी भाडाटुर्स्की र उहाँकी श्रीमती रायसाको ज्यान गएको हो ।

घरमा राति मिसाइल प्रहार हुँदा दम्पतीको ज्यान गएको बीबिसीले जनाएको छ । भाडाटुर्स्की अन्न निर्यातमा संलग्न एक कम्पनी निबुलोनको सञ्चालक हुनुहुन्थ्यो  । उहाँले ‘हिरो अफ युक्रेन’ अवार्ड समेत पाउनु भएको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनाको भत्सर्ना गर्दै भाडाटुर्स्कीको निधनले ठूलो क्षति पुर्याएको बताउनु भएको छ । राष्ट्रपति जेलेन्स्कीको कार्यालयले जानाजानी रूसले भाडाटुर्स्कीलाई निशाना बनाएको आशङ्का गरेको  छ ।

दक्षिणी सहर माइकोलाइभ, ब्ल्याक सीमा युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह ओडेसा जाने मुख्य मार्गमा छ  । युक्रेन र रुस गहुँ र अन्य अन्नका प्रमुख निर्यातकर्ता हुन् । युद्धका कारण निर्यातमा अवरोध हुँदा अहिले विश्वभर खाद्यान्नको मूल्य बढेको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया