अल कायदा नेता अयमान अल–जवाहिरी मारिएका अमेरिकाको दाबी

 साउन १७, २०७९ मंगलबार ९:०:५८ | एजेन्सी
unn.prixa.net

अल कायदा नेता अयमान अल–जवाहिरी मारिएका अमेरिकाले दाबी गरेको छ ।

अफगानिस्तानको राजधानी काबुलमा आइतवार भएको हवाई आक्रमणमा उनी मारिएका अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले  विद्रोही विरुद्धको कारबाही अभियानलाई अमेरिकाले निरन्तरता दिने पनि बताउनु भएको छ ।

इजिप्टका नागरिक जवाहिरी आतङ्कवादीको सूचीमा थिए । उनी अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलाका मुख्य योजनाकार रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । अमेरिकी ट्वीन टावरमा भएको आक्रमणमा झन्डै ३ हजार जनाको ज्यान गएको थियो ।

सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि जवाहिरी फरार थिए।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया