खोटाङमा भूकम्पबाट दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४ सय ७५ घरमा क्षति

 साउन १७, २०७९ मंगलबार १०:४४:१० | रासस
unn.prixa.net

खोटाङ - खोटाङको साकेला गाउँपालिका–४ मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर आइतवार गएको भूकम्पले दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४ सय ७५ घरमा क्षति पुगेको तथ्याङ्क सङ्कलन भएको छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एउटा घर पूर्णरूपमा भत्किएको छ भने अरु चर्किएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर पूर्ण रूपमा भत्किएको हो । साउन १५ गते बिहान ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यो भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको थर्पुडाँडा माविको चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा रहेकाे सुर्केडाँडा माविको चारकोठे भवन तथा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईका अनुसार आजसम्मको विवरणमा साकेलामा ४ सय ६४ घरमा क्षति पुगेको छ । भूकम्पले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा ६ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा एक–एक घर, खोटेहाङ गाउँपालिकामा दुई र रावाबेँसी गाउँपालिकामा एक घरमा क्षति भएको विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले जानकारी दिनुभयो ।

२०७२ साल वैशाख १२ गते गएको भूकम्पपछिको यो अर्को ठूलो भूकम्प हो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया