घुससहित पक्राउ परेका उपसचिवकाे गाडीबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद

 साउन १७, २०७९ मंगलबार २०:२८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालकाे साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद भएकाे छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयका उपसचिव नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको हाे । गाडीमा भेटिएकाे याे रकमसहित उनकाे साथबाट साढे २२ लाख रुपैयाँ बरामद भएकाे छ । 

यसअघि आयाेगले उपसचिव नेपाललाई नागपोखरीको एक होटलबाट ६ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेकाे थियाे । उनले पर्यटन व्यवसाय दर्ताका लागि घुस लिइरहेको अख्तियारले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया