सप्तकोसीको बाँध फुटेपछि बराह क्षेत्रका ५ सय परिवार श्रीलङ्का टापुमा

 साउन १८, २०७९ बुधबार १३:३७:३३ | रासस
unn.prixa.net

उदयपुर – उदयपुरको बेलका नगरपालिका ८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेपछि सुनसरी बराह क्षेत्र नगरपालिकाका पाँच सय घरपरिवारका मानिस फसेका छन् । 

कोसी नदीको बाँध फुटेर गाउँ पस्दा बराह क्षेत्र ६ र ९ का पाँच सय घरपरिवारका झन्डै दुई हजार पाँच सय जना फसेका सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उनीहरू श्रीलङ्का टापुमा फसेको उहाँले बताउनुभयो । त्यस क्षेत्रका स्थानीयवासीलाई स्थानान्तरण गर्ने प्रयास गरे पनि उनीहरू आउन नमानेकाे र फसेकाहरू सुरक्षित रहेकाे बताएको सुनसरीका प्रजिअ यादवले बताउनुभयो ।

यसैबीच कटान गरिएको क्षेत्रमा १ नम्बर प्रदेशका आन्तरिक मामिलामन्त्री केदार कार्कीसहितले निरीक्षण गर्नुभएको छ । मन्त्री कार्कीसहितको टोलीले कटान गरिएको स्थान, प्रभावितलाई उद्धार गर्ने तयारीलगायतको विषयमा निरीक्षण तथा अनुगमन गरेको प्रजिअ यादवले बताउनुभयो । अहिले केहीबेरमा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

बैठक पीडितलाई तत्काल उद्धार, आवश्यक राहतको प्याकेज, स्थानान्तरणलगायतका विषयमा केन्द्रित हुने उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया