सप्तकाेसीमा पानीकाे सतह बढ्दै

 साउन १८, २०७९ बुधबार १६:३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

उदयपुर – पूर्वी नेपालम अविरल वर्षाका कारण सप्तकाेसी नदीमा पानीकाे सतह बढ्दै गएकाे छ । पानीकाे सतह बढ्दै गएपछि चार हजार परिवार प्रभावित हुने अनुमान गरिएकाे छ । जोखिम क्षेत्रको रेखाङ्कन गरेर थप सतर्कता अपनाउन आग्रह गरिएकाे छ ।

पानीकाे सतह बढ्दै गएपछि सप्तकोसी नदीकाे बाँध फुटेर बाढी बस्तीमा पसेसँगै स्थानीयवासी प्रभावित भएका छन् । बाँध फुटेर उदयपुरको बेलका नगरपालिका वडा नम्बर १, २, ३, ८ र ९ काे बस्तीमा बाढी पसेकाे हो । सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ पनि डुबानमा परिसकेको छ । बुधवार बिहान सप्तकोसी नदीको बाँध फुटेर बाढी गाउँ पसेको थियो । जसको असर क्रमशः सप्तरी र सुनसरीमा समेत पर्ने देखिएकोले तीन जिल्लामा सतर्कता अपनाइएको छ ।

बस्तीमा बाढी पसेका कारण उदयपुर आसपासका सुनसरी, सप्तरी लगायतका जिल्लाका झन्डै २० हजार मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको छ । नदीको धार पुरानो ठाउँमा फर्किंदा बस्ती डुबानमा परेको स्थानीयवासीकाे भनाइ छ । बस्तीमा बाढी पसेसँगै स्थानीयवासी आफ्ना सामान पाेकाे पारेर सुरक्षित स्थानतर्फ लागेका छन् । गाउँ डुबिनसकेपनि सरकारले डुब्न सक्ने जोखिमका कारण सुरक्षित स्थानमा जान आग्रह गरेको छ । पानीको मात्रा बढिरहेकोले वस्तुभाउ छोडेर निस्किएको स्थानीयवासीले बताए । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।

नदी कटानले कोसीकाे बहाव गाउँतिर पसेको स्थानीयवासी बताउँछन् । बराह क्षेत्रकाे श्रीलङ्का टापुमा गए रातिदेखि सप्तकोसीकाे भङ्गालो पसेकोले त्यहाँ फसेका बासिन्दालाई उद्धार गर्न समस्या भइरहेको बताइएको छ । सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका ८ डुम्रीबोट र लाहुरेखोच क्षेत्रको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसहितको टोलीले आज स्थलगत अनुगमन गरिसकेको छ भने प्रभावित बासिन्दाको सुरक्षा र उद्धार कार्यमा सहजीकरण गर्ने काम भइरहेको छ । सप्तकोसीबाट बस्ती क्षेत्रमा पसेको बाढीले बेलका नगरपालिका तथा सप्तरीका कञ्चनरुप र सप्तकोसी नगरपालिकामा समेत क्षति गर्नसक्ने अनुमान छ । 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया