सप्तरीमा करेन्ट लागेर ससुरा-बुहारीसहित तीन जनाको ज्यान गयाे

 साउन १९, २०७९ बिहिबार ८:२५:५४ | रासस
unn.prixa.net

सप्तरी - सप्तरीमा गएराति करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको ज्यान गएकाे छ । 

करेन्ट लागेर सप्तरीकाे कञ्चनरुप नगरपालिका-६ मा दुई जनाकाे र राजगढ गाउँपालिका-२ कमलपुरमा एक जनाकाे ज्यान गएकाे हाे ।

कञ्चनरुप नगरपालिकामा करेन्ट लागेर ज्यान गुमाउनेमा ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार रहेका छन् । उनीहरु ससुरा-बुहारी रहेका इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिनुभयाे ।

सात महिनाकी गर्भवती रहेकी अन्जलीलाई मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

यस्तै कमलपुरका ५६ वर्षीय  शिवशङ्कर साहकाे पनि मोटरमा पानी तान्ने क्रममा करेन्ट लागेर ज्यान गएकाे यादव जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया