सिन्धुपाल्चोकको मेलम्ची थकनी डाँडाकटेरीका १४ घर पहिराेको उच्च जोखिममा

 साउन १९, २०७९ बिहिबार ९:३३:१५ | रासस
unn.prixa.net

तस्बिर : रासस, मेलम्ची–४ थकनी पिप्ले र सिन्धु सुरुङ्ग बीचमा जाल्मे गैरा

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ थकनीको डाँडाकटेरीमा १४ घर पहिराेको उच्च जोखिममा परेका छन्।

जोखिममा परेका १४ घरको नगरपालिकाका जनप्रतिनिधि र प्राविधिकले अवलोकन समेत गरेका छन्।

जनप्रतिनिधि र प्राविधिकले अवलोकन गरेको र तत्काल राहतका लागि नगर कार्यपालिकामा सिफारिस गरिने उपमेयर उमा प्रधानले जानकारी दिनुभयो।

कान्छाराम तामाङ, जितबहादुर तामाङ, रणबहादुर तामाङ, कृष्णबहादुर तामाङ, रामबहादुर तामाङको परिवारलाई तत्काल स्थानान्तरण र व्यवस्थापन गर्नुपर्ने देखिएको नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया