ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
रुपन्देही – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावको मिति तय भएकोमा प्रसन्नता प्रकट गर्नुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहीवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, ‘चुनावको मिति तय भएको छ, हामी खुसी छौँ । तर यस्ता महत्त्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुनुपर्छ ।’
हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै नेम्वाङले हरेक गठबन्धन र तालमेल संसदीय मूल्य मान्यता बमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । लोकप्रिय मतका आधारमा गएको पालिका चुनावमा एमाले पहिलो स्थानमा रहेको प्रसङ्ग उहाँले उल्लेख गर्नुभयो । ‘हामीले समयमै चुनाव घोषणा हुनुपर्छ भनेको थियौँ । घोषणा गरेको मितिमा भयरहित वातावरणमा चुनाव सम्पन्न हुनुपर्छ भन्ने नै हाम्रो चाहना हो । त्यस कुरामा हाम्रो सहयोग रहन्छ’, उहाँले भन्नुभयो ।
चुनावमा आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान एमालेले तयारी गरेको जनाउँदै उहाँले आउने चुनावमा जनताको आशीर्वाद रहनेमा विश्वस्त रहेको बताउनुभयो । ‘आवधिक चुनाव घोषणा भएको छ, अब जनताले फैसला गर्नेछन् । चुनावमा हामीले उत्साहपूर्वक सहभागी हुनुछ’, उपाध्यक्ष नेम्वाङले भन्नुभयो । पार्टीले चुनावको तयारीका क्रममा विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेको बताउँदै उहाँले दृढ विश्वासका साथ जनताका बीचमा जाने तयारीमा रहेको उल्लेख गर्नुभयो ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।