अवरुद्ध बेनी–जोमसोम सडक खण्ड तीन दिनपछि खुल्यो

 साउन २०, २०७९ शुक्रबार ७:११:३ | रासस
unn.prixa.net

फाइल फाेटाे

म्याग्दी - कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक खण्ड तीन दिनपछि हिजाे बेलुकादेखि सञ्चालनमा आएको छ । काभ्रेभिरमा गएको सुक्खा पहिराे र घोप्टे ओडारमा सडक भासिएका कारण गएकाे साेमवारदेखि याे सडक खण्ड अवरुद्ध भएको थियो ।

सडक सञ्चालनमा आएसँगै गाडी ओहोरदोहोर हुन थालेका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । पहिराेले काभ्रेभिरमा तीन मिटर सडक पुरिएको थियो भने घोप्टेभिरमा करिब ५० मिटर सडक भासिएको थियो । अहिले बीच बाटोमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका उहाँले बताउनु भयाे । 

मौसममा सुधार आएपछि बुधवारदेखि सडक मर्मतको काम थालिएको थियाे ।

यसैबीच बाढीले म्याग्दीको बेगखोलामा अवरुद्ध भएको सडक पनि खुलाइएको छ । वर्षातकाे समयमा बेनी–जोमसोम–कोरला सडक खण्डकाे विभिन्न ठाउँ बाढीपहिराे कारण अवरुद्ध हुने गरेको छ ।

बेनी–जोमसोम ७६ किलाेमिटर सडकको म्याग्दी खण्डमा बर्खाको समयमा बाढीपहिराेको उच्च जोखिम छ । म्याग्दी–काभ्रेभिर सडकको सिमानाको बाँदरजुँगे भिर आसपासमा छिनछिनमा खस्ने पहिराेले यात्रु जोखिममा पर्ने गरेका छन् ।
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया