सुनको भाउ लगातार बढ्दै

 साउन २०, २०७९ शुक्रबार ११:६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ फेरि बढ्न थालेको छ ।

आज सुनको भाउ तोलामा ९६ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यो हिजोको भन्दा ७ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको थियो ।

आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: साउन २२, २०७९

तपाईको प्रतिक्रिया