निजामती अस्पताल र आन्दोलनरत पक्षबीच सहमति : साढे दुई वर्षदेखिको आन्दोलन फिर्ता

 साउन २१, २०७९ शनिबार ७:४:४८ | रासस
unn.prixa.net

काठमाण्डाै - निजामती कर्मचारी अस्पताल र आन्दोलनरत पक्षबीच सहमति भएको छ । सहमतिपछि डाक्टर तथा कर्मचारीले साढे दुई वर्षदेखिको आन्दोलन फिर्ता लिएका छन् ।

अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेल, डाक्टर एसोसिएशन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा. सुमनबाबु मरठ्ठा र अस्पताल निजामति कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको अस्पतालको आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सहमति अनुसार डाक्टर र कर्मचारी सङ्घले राखेका मागलाई सम्बोधनका लागि अस्पताल व्यवस्थापन समितिमा पेस गर्ने र कर्मचारीसँग सरोकार राख्ने विषयमा कर्मचारी सङ्घसँग छलफल गरिनेछ ।

डाक्टर्स एसोसिएशन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा. मरठ्ठाले आफूले उठाएका माग सम्बोधन गर्ने भएपछि केही समयका लागि आन्दोलन स्थगित गरेको बताउनुभयो । उहाँका अनुसार स्थायी गर्ने प्रक्रिया अस्पतालले अगाडि बढाउने र अरु पनि माग पूरा गर्ने सहमति भएको छ । विभिन्न आठ बुँदे माग राखि डाक्टर र कर्मचारी आन्दोलनमा थिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया