पहिराेले डुम्रे–बेसीसहर र बेसीसहर-चामे सडक खण्ड अवरुद्ध

 साउन २२, २०७९ आइतबार १२:१०:४५ | रासस
unn.prixa.net

फाइल फाेटाे

लमजुङ - अविरल वर्षापछि आएको पहिराेले गएरातिदेखि लमजुङको डुम्रे–बेसीसहर र बेसीसहर-चामे सडक खण्ड पुनः अवरुद्ध भएको छ ।

डुम्र-बेसीसहर सडकअन्तर्गत बेसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा र मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिराे जाँदा बेसीसहर-चामे सडक अवरुद्ध भएको हो ।

वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । उहाँका अनुसार पहिराेले अवरुद्ध बनाएको सडक एक्स्काभेटरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ ।

सडक अवरुद्ध हुँदा  बेसीसहरबाट काठमाण्डौ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र त्यहाँबाट बेसीसहर आउने यात्रुहरु मारमा परेका छन् । यस सडक ४२ किलोमिटर दूरीको छ । त्यस्तै, लमजुङ-मनाङ जोड्ने बेसीसहर-चामे सडकअन्तर्गत रामबजारमा पहिराेले अवरुद्ध भए पछि गाडी चल्न सकेका छैनन् ।

सडक माथिबाट ढुङ्गामाटाेसहितको ठूलाे पहिराे खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया