पहिलो दिन ६ वटा पार्टीले दल दर्ता गरे, दलहरु चुनाव केन्द्रित छलफलमा

 साउन २३, २०७९ सोमबार ७:५०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मंसिर ४ गते हुने चुनावका लागि हिजो पहिलो दिन ६ वटा पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

नेपाल जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी र जनता प्रगतिशील पार्टीले दर्ताका लागि आयोगको कार्यालयमा निवेदन दिएका हुन् । अरु दलहरुले पनि दर्ताको तयारी थालेका छन् । आयोगले यो महिनाको अन्तिमसम्ममा दल दर्ता गर्न सकिने जनाएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तय भएसँगै दलहरु आन्तरिक तयारीमा जुटिसकेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले, सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल एकीकृत समाजवादी, जनता समाजवादी जसपा, लोकतान्त्रिक समाजवादी लोसपा लगायतका दलहरुले चुनाव केन्द्रित छलफल र भेटवार्ता सुरु गरिसकेका छन् ।

मंसिरको चुनावमा पनि मिलेर जाने निर्णय गरेका सत्ता गठबन्धनभित्र सिट बाँडफाँटबारे गृहकार्य भइरहेको छ । मुख्य दलहरुसँगै जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाली जनता दल, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, स्वतन्त्र पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावनालगायतका साना पार्टीहरुले समेत चुनाव केन्द्रित गतिविधि थालेका छन् ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया