विचार नमिल्ने दलसँग एमालेले गठबन्धन गर्दैन : नेम्वाङ

 साउन २४, २०७९ मंगलबार १४:२९:२५ | रासस
unn.prixa.net

फाइल फाेटाे

पाँचथर – नेकपा एमालकेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाउनुभएको छ । पाँचथरको फिदिममा आज मङ्गलवार प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उहाँले याे आरोप लगाउनुभएको हो ।

यस्तै उहाँले आउँदाे मङ्सिर ४ गते प्रदेश सभा र सङ्घीय चुनावमा विचार नमिल्ने दल वा समूहसँग एमालेले गठबन्धन या तालमेल नगर्ने पनि बताउनुभयो । एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारूढ गठबन्धनसँग चुनाव लड्ने चर्चा चलेको भए पनि त्यसका लागि गृहकार्य र वार्ता सुरु नभएको उहाँको भनाइ थियो । 

उपनेता नेम्वाङले वर्तमान सरकारका कमजोरी र विगतमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरूलाई एजेन्डा बनाएर एमाले चुनावमा जाने बताउनुभयो । 

त्यसैगरी कार्यक्रममा एमालेका अर्का नेता योगेश भट्टराईले देशको आर्थिक स्थिति कमजोर बन्दै गएको भन्दै यसप्रति सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया