बिहारका मुख्यमन्त्री नीतीश कुमारद्वारा राजीनामा, अहिलेको गठबन्धन छोड्न चाहेको भनाइ

 साउन २४, २०७९ मंगलबार १७:४०:० | एजेन्सी
unn.prixa.net

भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । नितिश कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिनुभएको बीबीसी हिन्दीले जनाएको छ । उहाँले राजीनामा बुझाएपछि पार्टीका सबै विधायक र सांसद अहिलेको गठबन्धनबाट अलग हुन चाहेको बताउनुभयो । 

गठबन्धनमा संलग्न भारतीय जनता पार्टी (बीजेपी) सँग मतभेद बढेपछि जनता दल युनाइटेडले आज विधायक र सांसदको बैठक बोलाएको थियो । लोकसभाका सांसद र सबै विधायकसँगको बैठकमा अहिलेको गठबन्धन एनडीए छाड्नुपर्छ भन्ने विचार आएकोले त्यसलाई स्वीकार गरेर आफूले राजीनामा दिएको उहाँले बताउनुभयो । अब नितिश कुमारले राष्ट्रिय जनता दलको समर्थनमा नयाँ सरकार बनाउने विश्वास गरिएको बीबीसी हिन्दीले जनाएको छ । 

कांग्रेस र अन्य विपक्षी दलहरूले पनि नितिश कुमार नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्ने सङ्केत गरेका छन् । यसैबीच भारतीय जनता पार्टीले भने गठबन्धन तोड्दै मुख्यमन्त्रीले दिएको राजीनामा बिहारका नागरिक र पार्टीबीच धोका भएको प्रतिक्रिया दिएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया