टेनिस स्टार सेरेना विलियम्सले सन्न्यास लिने

 साउन २४, २०७९ मंगलबार २०:२१:१७ | एजेन्सी
unn.prixa.net

अमेरिकी टेनिस स्टार खेलाडी सेरेना विलियम्सले सन्न्यासकाे घाेषणा गरेकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्रममा एक पाेस्ट शेयर गर्दै ४० वर्षीया विलियम्सले सन्नयासकाे घाेषणा गरेकी हुन् । आउँदाे महिना हुने यूएस ओपनमा खेलपछि सन्न्यास लिने योजना रहेको उनले बताएकी छन् ।

उनले इन्स्टाग्रममा लेखेकी छिन्, ‘जीवनमा एक समय यस्ताे आउँछ, जहाँ हामीले एक छुट्टै दिशामा अघि बढ्ने निर्णय लिनुपर्ने हुन्छ । आफूले निकै माया गर्ने कुरालाई छाेड्नुपर्दा त्याे समय सधैँ कठिन हुने गर्दछ ।’

महिला टेनिसकी स्टार खेलाडी सेरेना विलियम्सले २३ पटक ग्रान्ड स्लाम जितेकी छिन् । उनले आफ्नाे करियरमा ६ पटक त यूएस ओपन जितेकी छिन् । उनले सन् १९९९, २००२, २००८, २०१२, २०१३ र २०१४ मा यूएस ओपन जितेकी छिन् ।   

पछिल्लाे केही समयदेखि उनी चाेट सहँदै आएकी थिइन् र टेनिस काेर्टमा पनि उनलाई फर्मले साथ दिइरहेकाे थिएन । आफ्नाे खराब फर्मका कारण लामाे समयदेखि उनकाे सन्न्यासबारे खबरहरू आइरहेकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया