लोकतन्त्रको समर्थनका लागि ताइवान भ्रमण : न्यान्सी पेलोसी

 साउन २६, २०७९ बिहीबार ११:३०:४६ | एजेन्सी
unn.prixa.net

अमेरिकी सभामुख न्यान्सी पेलोसीले लोकतन्त्रको समर्थनका लागि ताइवानको भ्रमणमा गएको बताउनु भएको छ ।

उहाँले ताइवानमाथि चीनले दबाब बढाइरहेको भन्दै ताइवानको समर्थनका लागि आफू भ्रमणमा गएको बताउनु भएको छ । उहाँले ताइवान एक्लै छैन उसको साथमा अमेरिका पनि छ भन्ने सन्देश दिन आफूले भ्रमण गरेको बताउनु भएकाे बीबीसीले जनानएको छ ।

उहाँको भ्रमणपछि विरोध स्वरुप चीनले ताइवानको आसपासमा सैन्य अभ्यास गरेको थियो । एक हप्ता लामो सैन्य अभ्यास सकिएको चीनले घोषणा गरेको छ ।

चीनले ताइवानलाई छुट्टिएको प्रान्तका रूपमा हेर्दै आएको छ र अन्ततः आफ्नै नियन्त्रणमा आउने ठान्छ । तर, स्वशासित ताइवानले आफू चीनबाट अलग्गै रहेको बताउँदै आएको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया