टिकटकमा सम्बन्धविच्छेदबारे कुरा गरिन्, ११ सय किमी टाढाबाट आएर पूर्वपतिले गरे हत्या

 साउन २६, २०७९ बिहिबार १४:६:२८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सामाजिक सञ्जाल टिकटकमा सम्बन्धविच्छेदको विषयमा कुरा गरेकी एक महिलाको पूर्वपतिले हत्या गरेका छन् । अमेरिकाको शिकागोमा पाकिस्तानी–अमेरिकी महिला सानिया खाँनले पतिसँग सम्बन्धविच्छेदको विषयमा आफ्ना अनुभूतिसहित जानकारी दिएकी थिइन् । उनको टिकटक हेरेपछि ११ सय किलोमिटर टाढाबाट आएर पूर्वपतिले सानियाको हत्या गरेको बीबीसी हिन्दीले जनाएको छ । 

यो घटना अघिल्लो महिनाको हो । टिकटकमार्फत सम्बन्धविच्छेदको कुरा गरेर उनी शिकागोबाट टेनसी जाने तयारीमा थिइन् । तर उनका ३६ वर्षका पूर्वपति राहेल अहमदले ११ सय किलोमिटर टाढाबाट आएर सानियाको गोली हानेर हत्या गरेको खबरमा उल्लेख छ । सानियाको हत्यापछि अहमदले आफैँलाई पनि गोली हानेको प्रहरीले जनाएको छ । 

सानिया र राहेलले पाँच वर्षको प्रेम सम्बन्धपछि सन् २०२१ मा बिहे गरेर सँगै बस्न थालेका थिए । तर बीचमा सम्बन्धमा खटपट आएपछि दुवैले छुट्टिने निर्णय गरेका थिए । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया