धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकी नाकामा कोरोना परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिएको छ । त्यहाँ भारतबाट भित्रिनेहरू लामबद्ध भएर कोरोना जाँच गर्दछन् । एन्टिजेन रिपोर्ट नेगेटिभ आएकाहरू हातमा छाप (कोरोना नेगेटिभ प्रमाणित) हानेर घर पठाइन्छ । तर पोजेटिभ देखिएकालाई त्यहीँ (छुट्टै) राखिन्छ ।
कोरोना पोजेटिभ देखिएकालाई भीमदत्त नगरपालिले सञ्चालन गरेको एम्बुलेन्समार्फत अस्पताल लगिन्छ । त्यहाँ होम आइसोलेशन र स्वास्थ्य सुरक्षाका मापदण्डबारे परामर्श गरेर घर पठाइन्छ । सङ्क्रमितहरू के मा गए ? कसरी गए ? स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरे कि गरेनन् भन्ने निगरानीसमेत गरिँदैन ।
यसअघि नाकामा पोजेटिभ देखिएकालाई एम्बुलेन्समार्फत अस्पताल पुर्याएर आइसोलेशनमा भर्ना गर्ने गरिन्थ्यो । अहिले उनीहरूलाई अस्पतालमा भर्ना गरिँदैन । बरु एम्बुलेन्समार्फत अस्पताल पु¥याइएका सङ्क्रमित केहीबेरमा सार्वजनिक गाडी चढेर घर जाने गरेका छन् । सरकारले महाकाली अस्पताललाई कोरोना अस्पतालबाट हटाएपछि सङ्क्रमितलाई आइसोलेशनमा राख्ने आधिकारिता नभएको अस्पतालले जनाएको छ । जसका कारण नाकाबाट एम्बुलेन्समा ल्याइएका सङ्क्रमितलाई डाक्टरहरूले होम आइसोलेशन र स्वास्थ्य सुरक्षाका मापदण्डको बारेमा परामर्श गरेर घर पठाउने गरेका छन् ।
‘सरकारले अहिले सुदूरपश्चिममा सेती अस्पताल र डडेल्धुरा अस्पताललाई मात्रै कोभिड अस्पतालका रूपमा राखेको छ’, महाकाली प्रादेशिक अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले भन्नुभयो, ‘त्यसैले हामीले नाकाबाट ल्याइने सङ्क्रमितको स्वास्थ्य अवस्था हेरेर उनीहरूलाई होम आइसोलेशन र स्वास्थ्य सुरक्षाका मापदण्डको बारेमा परामर्श गरेर घर पठाउने गरेका छौँ ।’
अस्पतालमा आउने बिरामीहरूमा पनि कोरोना पोजेटिभ देखिने गरेको र उनीहरूलाई अस्पतालले छुट्टै राखेर उपचार गरिरहेको उहाँको भनाइ छ ।
समुदायमा सङ्क्रमण
भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण बढेसँगै अहिले सुदूरपश्चिमसहित देशभर कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । सीमा नाकामा गरिने जाँचका क्रममा भारतको राजधानी नयाँ दिल्लीका साथै हरियाणा, हिमाञ्चल, महाराष्ट्र लगायतका राज्यबाट भित्रिनेहरूमा सङ्क्रमण बढी देखिने गरेको छ ।
यही कारण कञ्चनपुरमा पनि कोरोना सङ्क्रमण दर उकालो लागेको छ । झन्डै तीन महिना सङ्क्रमण दर शून्य रहेको कञ्चनपुरमा अहिले दैनिक ४०÷५० जनामा सङ्क्रमण पुष्टि भइरहेको छ, त्यसमध्ये धेरैजसो भारतबाट भित्रिने रहेका छन् । यद्यपि भारतबाट भित्रिनेहरूबाट सङ्क्रमण नफैलियोस् भनेर प्रदेश र सङ्घीय सरकारले सीमा नाकामा स्वास्थ्य परीक्षणमा कडाइ गरेका छन् । जसअन्तर्गत गड्डाचौकीसहित सुदूरपश्चिमका मुख्य नाकाकाहरूमा एन्टिजेन परीक्षण भइरहेको छ । तर त्यसको कार्यान्वयन प्रभावकारी रूपमा हुन नसक्दा भारतबाट भित्रिएकाहरूबाट समुदायस्तरमा सङ्क्रमण फैलिन थालेको छ ।
कञ्चनपुरमा गएको असारमा कोरोना सङ्क्रमितको सङ्ख्या ३४ थियो । तर साउन महिनामा मात्रै गड्डाचौकी नाकामा दुई सय २३ र जिल्लामा चार सय ११ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
परीक्षण औपचारिकतामा सीमित
कोरोनाको पहिलो लहरमा भारतमा सङ्क्रमित बढेसँगै नेपालमा पनि सङ्क्रमण देखा पर्यो । जसले गर्दा दोस्रो र तेस्रो लहरमा सङ्क्रमण फैलिन नदिन सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिनेहरूको एन्टिजेन परीक्षण सुरु गरियो । यद्यपि त्यसलाई अहिले पनि निरन्तरता दिइएको छ । तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा नाकामा गरिने स्वास्थ्य परीक्षण औपचारिकतामा सीमित रहेको छ ।
नाकामा गरिने स्वास्थ्य परीक्षण सङ्क्रमितको तथ्याङ्क सङ्कलनमा मात्रै काम लागेको पत्रकार भवानी भट्ट बताउनुहुन्छ । ‘सङ्क्रमितलाई आइसोलेशनमा वा सुरक्षित रूपमा वासस्थानसम्म पु¥याउन नसकिने भए नाकामा परीक्षण गर्नुको औचित्य छैन’, उहाँले भन्नुभयो ‘यसले आर्थिक भार मात्रै थपिएको छ ।’
छैन निगरानी
समयमै तयारी नगर्दा कोरोनाको पहिलो, दोस्रो र तेस्रो लहरमा कञ्चनपुरमा झन्डै दुई सय जनाले ज्यान गुमाउनुपरेको थियो । अहिले फेरि सङ्क्रमण दर बढ्दै गए पनि मास्क, स्यानिटाइजर र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा न आमनागरिक सजक देखिन्छन् न सरोकारवालाले चासो देखाएका छन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल भने जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि त्यसको प्रभाव खासै नदेखिएको बताउनुहुन्छ । ‘अहिले जिल्लामा कोरोना परीक्षण गर्दा सङ्क्रमण बढी देखिएको छ । त्यसको प्रभाव खासै देखिँदैन’, उहाँले भन्नुभयो, ‘तर हामीले अन्य जिल्ला र भारतको पनि अवस्था निगरानी गरिरहेका छौँ । त्यहाँ कुनै जोखिमपूर्ण अवस्था आए त्यहीअनुसार तयारी थाल्छौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।