खाँदबारीमा हिले जात्रा मनाइयो (फोटो फिचर)

 साउन २८, २०७९ शनिबार १६:५१:५१ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीमा हिले जात्रा मनाइएको छ । शनिबार सदरमुकाम खाँदबारीमा हिले जात्रा पर्व मनाइएको हो ।

विशेषगरि नेवार समुदायको संस्कृतिसँग जोडिएको यो हिले जात्रा पर्व बर्सेनि मनाइने गरिन्छ । नेवार जातिको साझा संस्था नेवाः देय दवूले ‘मेरो सम्पदा मेरो सांस्कृतिक परम्परा, मेरो पहिचान’ भन्ने नारासहित लाखेजात्रा निकालेको हो ।

विश्वभर कोभिड १९ ले आक्रान्त पारेपछि बन्द भएको लाखेजात्रा तीन वर्षपछि मनाइएको खाँदबारीका स्थानीय अगुवा पुष्पबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले लाखेजात्रा सांस्कृतिक पर्वको रुपमा मनाउने गरिएको बताउनुभयो ।

कोभिड १९ ले बन्द भएको हिले जात्रा पर्वमा शनिबार भने खाँदबारीमा रौनक देखिएको छ । हिजो गाई जात्रामा गाउँ–गाउँबाट त्यति धेरै मानिसहरु नआए पनि आज शनिबार भने गाउँ–गाउँबाट जात्रा बजार भर्न मानिसहरुको ठूलो भीड लागेको छ ।

जिल्लामा नेवार समुदायको बसोबास रहेको मुख्य बस्तीहरु सदरमुकाम खाँदबारी, चैनपुर, सिभुवा, खराङ, बाह्रविसे, मानेभञ्जाङ्ग, तुम्लिङ्टार लगायतका क्षेत्रहरुमा नागपञ्चमीदेखि विधिवत् रुपमा लाखे जात्रा मनाइरहेका छन् । जिल्लाको खाँदबारी नगरपालिका–१ मा रहेको भीमसेन मन्दिरमा पूजाआजा गरि विधिवत् रुपमा शुरु भएको लाखे जात्रा कृष्ण जन्माष्टमी सम्म रहने गर्दछ । गाईजात्राको दिन मृत आत्माको चीरशान्तिको कामना गर्दै खुशी पार्न प्रदर्शन गर्ने गरिन्छ भने हिले जात्रामा विभिन्न प्रहसन गर्ने गरिन्छ ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया