ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिङ्गालले टोकेर एकजनाको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् ।
सिसौको रुखमा रहेको अरिङ्गालको गोला बिहीबार राति पोल्ने क्रममा कुमाल घाइते हुनुभएकाे थियाे । उहाँको गण्डकी अस्पतालमा उपचारका क्रममा आज ज्यान गएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
अरिङ्गालले टोकेर घाइते कुमाललाई तत्कालै शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुँदै थप उपचारका लागि कास्कीको पोखरा पठाइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।