आज दल दर्ताको अन्तिम दिन : अहिलेसम्म ६२ दल दर्ता, नेपाली कांग्रेसले दर्ता गर्नै बाँकी

 साउन ३१, २०७९ मंगलबार ८:८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदैछ ।

सरकारले चुनावको मिति घोषणा गरेलगत्तै आयोगले गएको साउन २२ गतेदेखि दल दर्ता आह्वान गरेको थियो । यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिन आयोगमा दल दर्ता गर्नुपर्छ ।

आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएका छन् । तीमध्ये चुनावमा भाग लिन हिजोसम्म आयोगमा ६२ दल दर्ता भएका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । प्रमुख दलमध्ये नेपाली कांग्रेसले अहिलेसम्म दर्ता गरेको छैन ।

दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युटलगायतका कागजात पेस गर्नुपर्छ । नेपालको संविधानको धारा २७१ बमोजिम प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ ।

दल दर्तासँगै आयोगले चुनावका लागि आवश्यक व्यवस्थापकीय, कानुनी र प्राविधिक तयारीलाई अघि बढाएको पनि आयोगका सहप्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया