नागरिकता विधेयक जस्ताको त्यस्तै फेरि अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

 साउन ३१, २०७९ मंगलबार १३:४८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सरकारले नागरिकता विधेयक जस्ताको त्यस्तै फेरि अगाडि बढाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलहरुको बैठकले राष्ट्रपतिले प्रमाणीकरण नगरि प्रतिनिधि सभामै फिर्ता पठाइदिएको नागरिकता विधेयकलाई पुन: अघि बढाउने सहमति भएको एक नेताले जानकारी दिएका छन् ।

नागरिकता विधेयकमा यसअघि नै राखिएका प्रावधानलाई शंसोधन नगरिकनै संसदबाट पास गरेर प्रमाणीकरणको लागि राष्ट्रपति कहाँ पठाउने गठबन्धनका दलहरुले निर्णय गरेका छन् । सरकारले दोस्रो पटक प्रमाणीकरणको लागि पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सरकारले साउनको १५ गते प्रमाणीकरणको लागि राष्ट्रपति कहाँ पठाएको थियो । तर राष्ट्रपतिले विज्ञहरुसँग छलफल गरेर अस्ति आइतवार प्रतिनिधि सभामै फिर्ता पठाइदिनुभएको थियो । उहाँले नागरिकता विधेयक फिर्ता गर्नुका कारण समेत संसद् सचिवालयलाई पठाउनुभएको थियो ।

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक आज प्रतिनिधि सभामा पेस भइसकेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया