बालेन्द्र साहलाई साथ दिनुपर्छ, बञ्चरेडाँडाका नागरिककाे माग पनि सम्बाेधन गर्नुपर्छ : शर्मा

‘काठमाण्डाैकाे फाेहर उठाउन नसक्नु लज्जास्पद’

 भदौ ३, २०७९ शुक्रबार १६:५८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाण्डाै उपत्यकाकाे फोहर उठाउन नसक्नु लज्जास्पद रहेको बताउनुभएको छ । 

शुक्रवार काठमाण्डाैमा आयोजित 'कमरेडको जनै' पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाण्डाैकाे फोहर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताउनुभएको हो । यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने उहाँकाे भनाइ थियाे । उहाँले फोहर समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलले साझा ढङ्गले सोच्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शासनहरू बदलिन्छन् । राजसंस्थाबाट हामी गणतन्त्रमा पुग्छौँ । यो दलको शासनबाट त्यो दलको शासनमा पुग्छौँ । दलहरूबाट फेरि स्वतन्त्रमा पनि पुग्छौँ । कही स्वतन्त्रहरू, कहीँ दलहरू जिम्मेवारीमा पुग्छन् । तर तीन तहकाे सरकार हुँदा पनि काठमाण्डाैमा बिहान र बेलुकाकाे गरेर दुई खेपको फोहर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो । काठमाण्डाैजस्तो सहरमा फोहर उठाउने कुरा र यसको दीर्घकालीन समाधानका बारेमा सबै राजनीतिक दलले साझा ढङ्गले सोच्नुपर्छ ।’

महामन्त्री शर्माले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाका नागरिकककाे मागको पनि सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो । समस्या समाधानका लागि सङ्घ, प्रदेश र पालिका सबै जिम्मवार हुनुपर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया