चीन र रुसका राष्ट्रपति जी–२० सम्मेलनमा सहभागी हुने : पुटिनलाई बैठकमा बस्ने अधिकार नरहेको बेलायतको प्रतिक्रिया

 भदौ ४, २०७९ शनिबार १०:४८:३३ | एजेन्सी
unn.prixa.net

चिनियाँ राष्ट्रपति सी जीनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आउँदो नोभेम्बरमा हुने जी–२० सम्मेलनमा सहभागी हुनुहुने भएको छ ।

दुवै जना राष्ट्रपति बालीमा हुने जी–२० सम्मेलनमा सहभागी हुने तयारीमा रहेका इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलले पुष्टि गर्नुभएको हो ।

रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता र ताइवानलाई लिएर तनाव उत्कर्षमा पुगेका बेला हुन लागेको यो पहिलो विश्वव्यापी सम्मेलन हो ।

यसअघि अमेरिका र उसका पश्चिमी सहयोगी देशले पुटिन सहभागी हुने मञ्चलाई आफूहरूले बहिस्कार गर्नसक्ने बताएका थिए ।

बेलायतले पुटिनलाई जी–२० समूहमा बस्ने कुनै नैतिक अधिकार नभएको जनाएको बीबीसीले उल्लेख गरेको छ । यस्तै अमेरिका र चीनबीच पनि ताइवान विषयलाई लिएर तनाव बढिरहेको छ । 
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया