कब्जामा रहेको युक्रेनको परमाणु ऊर्जा केन्द्र अवलोकनका लागि रुसले स्वीकृति दिने

 भदौ ४, २०७९ शनिबार ११:४५:८ | एजेन्सी
unn.prixa.net

रुसले आफ्नो कब्जामा रहेको युक्रेनको परमाणु ऊर्जा केन्द्र अवलोकनका लागि स्वीकृति दिने भएको छ ।

रुस–युक्रेनबीच निरन्तर आक्रमणका घटना भइरहेका बेला जापोरिज्जिया परमाणु केन्द्रमा हुन सक्ने सम्भावित विपद्लाई लिएर चासो र चिन्ता बढिरहेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राष्ट्र सङ्घका अधिकारीलाई यो परमाणु केन्द्रको भ्रमणका लागि स्वीकृति दिने बताउनुभएको हो ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोबीच भएको वार्तापछि पुटिनले अवलोकनका लागि स्वीकृति दिने बताउनुभएको बीबीसीले जनाएको छ ।

रुसले केन्द्रबाट उत्पादित विद्युत् युक्रेनी ग्रिडबाट अलग गर्ने तयारी गरेको युक्रेनले आरोप लगाउँदै आएको छ ।

यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले केन्द्रको अवस्थालाई लिएर सार्वजनिक रुपमै चिन्ता व्यक्त गर्नुभएको थियो । साथै उहाँले विद्युत् आपूर्ति बन्द नगर्न आग्रह समेत गर्नुभएको थियो ।
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया