अन्डरग्राउन्ड पार्किङलाई अरू प्रयोजनमा नलगाउनुस्, कारबाही सुरु गरेका छाैँ : मेयर साह

 भदौ ६, २०७९ सोमबार १८:५०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले पार्किङकाे नक्सा पास भएका तर अन्य रूपमा प्रयाेग भएका संरचनाहरूकाे अनुगमन, खाेजी र कारबाही सुरु भएकाे बताउनुभएकाे छ । 

आज साेमवार नयाँ बानेश्वर प्लाजाको अन्डरग्राउन्डमा गाडी जान मिल्ने गरी गाह्रो र अन्य संरचना हटाउन थालिएसँगै कारबाही सुरु भएकाे मेयर साहले बताउनुभयाे । पार्किङ प्रयोजनका लागि भनेर अन्डरग्राउन्डको नक्सा पास गर्ने तर अन्डरग्राउन्डमै पसल थापेर गाडी भने सडकमा पार्किङ गरेकाे भन्दै महानगरले यसअघि नै पसल हटाउन निर्देशन दिएको थियो । 

महानगरपालिकाले गएको साउनमै अन्डरग्राउन्डका पसल र अन्य संरचना हटाएर पार्किङ क्षेत्र बनाउन ३५ दिने सूचना जारी गरेको थियो । महानगरले दिएको समयमा अटेरी गरेर संरचना नहटाएपछि आफैँ भत्काउन थालिएको मेयर साहले बताउनुभयो ।

मेयर साहले बिस्तारै याे कारबाही सबैतिर पुग्ने र यसले सहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुने, सडकमा पार्किङ गर्नुपर्ने बाध्यता कम हुने र महानगरलाई पार्किङ व्यवस्थापनका लागि योजना बनाउन सहज हुने बताउनुभयाे । 

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया