पार्किङकाे नक्सा पास गरेर अन्डरग्राउन्डमा राखिएका पसल र संरचना हटाउँदै महानगर

 भदौ ६, २०७९ सोमबार १३:४७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले पार्किङको नक्सा पास गरेर अन्डग्राउन्डमा पनि राखिएका पसल र संरचना हटाउन थालेको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र साहले आज साेमवार नयाँ बानेश्वर क्षेत्रको अनुगमन गरेर अन्डरग्राउन्डमा राखिएका पसल हटाउने कामको थालनी गर्नुभएको हो । आज नयाँ बानेश्वर प्लाजाको अन्डरग्राउन्डमा गाडी जान मिल्ने गरी गाह्रो र अन्य संरचना हटाउन थालिएको छ । पार्किङ प्रयोजनका लागि भनेर अन्डरग्राउन्डको नक्सा पास गर्ने तर अन्डरग्राउन्डमै पसल थापेर गाडी भने सडकमा पार्किङ गरेकाे भन्दै महानगरले यसअघि नै पसल हटाउन निर्देशन दिएको थियो ।

महानगरपालिकाले गएको साउनमै अन्डरग्राउन्डका पसल र अन्य संरचना हटाएर पार्किङ क्षेत्र बनाउन ३५ दिने सूचना जारी गरेको थियो । महानगरले दिएको समयमा अटेरी गरेर संरचना नहटाएपछि आफैँ भत्काउन थालिएको मेयर साहले बताउनुभयो । यस विषयमा मेयर साहले नेपाल प्रहरी र ट्राफिक प्रहरीको नेतृत्वसँग छलफल गरिसक्नुभएको छ ।

एक अध्ययनअनुसार काठमाण्डौका सबै अन्डरग्राउन्डलाई पार्किङ बनाएमा पार्किङको २५ प्रतिशत समस्या समाधान हुने देखाएको छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया