महानगरले अल्फा बिटाकाे अवैध संरचनामा डाेजर चलायाे

 भदौ ९, २०७९ बिहीबार १६:८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले नयाँ बानेश्वरमा रहेकाे अल्फा बिटा कम्प्लेक्सकाे अवैध संरचनामा डाेजर चलाएकाे छ । 

आज बिहीवार दिउँसाे महानगरको दलबलसहित अल्फा बिटा कम्प्लेक्स पुगेर अवैध संरचना  डाेजर चलाएकाे हाे । यसअघि आज बिहान अवैध संरचना हटाउन पुग्नुभएका मेयर र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की भएको थियाे ।

अल्फा बिटाले सडकपेटीमै पार्किङ गराइरहेको र नक्सामा उल्लेख भएभन्दा बाहेकको संरचना बनाएको भन्दै मेयर बालेन्द्रले तत्काल भत्काउन निर्देशन दिनुभएकाे थियाे । आफूले नक्सा पासअनुसार नै संरचना बनाएको निर्देशक शर्माले जवाफ दिएपछि मेयर साहले नक्सा माग्दा चर्काचर्की परेकाे थियाे । 

अहिले महानगरले अवैध संरचना र पार्किङकाे नक्सा पास गरेर अरू नै प्रयाेजनमा लगाउनेमाथि कारबाही थालेकाे छ । यसअघि सुन्धारा र न्युराेड क्षेत्रमा बनाइएका अवैध संरचना भत्काएकाे थियाे । 

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया