सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
ललितपुर – नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा बहुमत ल्याउने सङ्कल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताउनुभएको छ । सचिव भट्टराईले आज शुक्रवारदेखि सुरु भएकाे केन्द्रीय कमिटी बैठकले आउँदाे चुनावमा बहुमत ल्याउने सङ्कल्पसहितको सन्देश दिने दाबीसमेत गर्नुभयो ।
न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उहाँले देशको आन्तरिक तथा बाह्य दुवै कारणले नेकपा एमाले नेतृत्वको सरकारको खोजी भइरहेको भन्दै त्यही आवश्यकता पूरा हुने गरी आफ्नो पार्टीले केन्द्रीय कमिटीमार्फत चुनावी रणनीति तय गर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘आज यो गठबन्धनको कारणले देश सङ्कटमा छ । हाम्रो वैदेशिक सम्बन्धहरू बिग्रिराखेकाे छ । महाशक्ति राष्ट्रहरू नेपालको मामिलामा एकअर्काबीचमा भनाभन गरिराखेका छन् । अहिलेकाे सरकारकाे कारणले नेपालले त्यसमा सन्तुलन गुमाइरहेको अवस्था देखिन्छ । त्यसो भएको हुनाले विश्व समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने, पारस्परिक हितमा सम्बन्ध कायम गर्ने, असंलग्न परराष्ट्र नीतिलाई दृढताका साथ कार्यान्वयन गर्ने कुरा, आर्थिक समृद्धि र सामाजिक रूपान्तरणको निम्ति एउटा बलियो राष्ट्रिय सामर्थ्य भएको शक्ति आवश्यक पर्छ र त्यो नेकपा एमाले हो । यिनै कुराका साथ हामी चुनावमा जान्छौँ । बहुमत ल्याउने सङ्कल्पका साथ एमाले जान्छ ।’
सचिव भट्टराईले आउँदाे चुनावमा अन्तरघात नहुने गरी पार्टीको सिङ्गो पङ्क्तिलाई परिचालन गर्न पनि केन्द्रीय कमिटी बैठकले आवश्यक निर्देशन दिने बताउनुभयो । उहाँले पार्टीको उम्मेदवार चयनमा पालिका चुनावमा भएका कमजोरी आउँदाे चुनावमा दोहोरिन नदिने बताउनुभयाे । उहाँले आउँदाे चुनावमा आफ्नो पार्टीको प्राथमिकता गठबन्धन नभएको पनि स्पष्ट पार्नुभयो । संवैधानिक व्यवस्थाअनुसार चुनावमा दलहरूबीच प्रतिस्पर्धा हुने भएकाले आफ्नो दल आफ्नै सामर्थ्यमा उभिएर चुनावमा जाने उहाँको तर्क थियो ।
सचिव भट्टराईले आउँदाे चुनावमा आफ्नो पार्टीले इमानदार र जित्न सक्ने नेताहरूलाई उम्मेदवार बनाउने मापदण्ड तय गरेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।