लुफ्थान्सा एअरलाइन्सका पाइलटद्वारा हडतालको घोषणा, शुक्रवारका ८ सय वटा उडान रद्द

 भदौ १६, २०७९ बिहीबार १७:४७:१७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

विश्वकै ठूलो मध्येको एक जर्मनीको एअरलाइन्स लुफ्थान्सा एअरलाइन्सका पाइलटले हडताल गरेपछि भोलि शुक्रवारका उडान ठप्प हुने भएका छन् ।

पाइटलको हडतालका कारण म्युनिख र फ्राङ्कफर्टबाट हुने सबैजसो उडान रद्द गरिएको समाचार संस्था एएफपीले जनाएको छ । भोलिका लागि तय भएका आठ सय वटा उडान रद्द हुँदा एक लाख ३० हजार जना यात्रुको यात्रा प्रभावित भएको खबरमा उल्लेख छ । भोलिको हडतालले गर्दा आउँदो शनिवार र आइतवारसम्मका उडान पनि प्रभावित हुने एअरलाइन्सले जनाएको छ ।

लुफ्थान्सा एअरलाइन्स मासिक नाै सय युरोका दरले तलब बढाउन तयार भएको छ तर पाइलटहरूले भने वार्षिक साढे पाँच प्रतिशत तलब वृद्धिको माग गर्दै आएका छन् । रुस–युक्रेन युद्धको कारण इन्धन र खाद्यान्नको भाउ बढ्दा युरोपमा समग्र मूल्यवृद्धि आकाशिएको छ । अब जर्मनीको एअरलाइन्स मात्र नभइ युरोपभर नै तलब वृद्धिको माग राखेर आन्दोलन हुन सक्ने खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया