घुम्न जाऔँ बर्दिया भोलिदेखि ठाकुरबाबामा शुरू हुँदै
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – चाडपर्व लक्षित सहुलियत पसल आउँदो असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने तयारी भएको जनाएको छ ।
कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी)बाट एकीकृत रुपमा सुपथ पसल खुल्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायब महाप्रवन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकामा कम्पनीका शाखा रामशाहपथ, थापाथली, सूर्यविनायक र नख्खुमा सहुलियत उपलब्ध हुनेछ । काठमाण्डौ उपत्यकाबाहिर खाद्यसामग्री वितरण केन्द्रमा छुट उपलब्ध हुनेछ । त्यस्तै साल्ट ट्रेडिङ र डीडीसीले आ–आफ्ना शाखा तथा क्षेत्रमा पनि उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउनेछन् ।
कम्पनीले डिलरमार्फत र जिल्लामा उद्योग वाणिज्य संघ तथा सम्बन्धित पालिका प्रशासनले माग गरेको अवस्थामा सकेसम्म सहुलियत पसल राख्ने तयारी भैरहेको पनि खनालले बताउनुभयो । काठमाण्डौ उपत्यका, पोखरा र सुर्खेतमा अनलाइन सेवा पनि उपलब्ध हुनेछ । अनलाइन सेवा भएका ठाउँमा उपभोक्ताको माग अनुसार घरमै सहुलियतमा सामग्री पुर्याइनेछ । सहुलियत पसलमा बिक्री हुने खाद्य सामग्रीमा दुई रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट हुनेछ ।
चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडीलगायतमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनुभयो । साल्ट ट्रेडिङले नुनमा प्रतिकिलाे २ रुपैयाँ छुट दिने भएको छ । न्यौपानेका अनुसार चिनीमा छुट दिनेबारे अझै अन्योल छ । साल्टले काठमाण्डौ उपत्यकाभित्र सतुंगल, कालीमाटी, जावलाखेल, जडिबुटी र भक्तपुरबाट छुट दिनेछ ।
त्यस्तै दुग्ध विकास संस्थान (डीडीसी)ले दशैँ तिहार, छठमा घिउमा प्रतिलिटर ५० रुपैयाँ, चिजमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ छुट दिने डीडीसीका महाप्रबन्धक सञ्जिव झाले बताउनुभयो । कम्पनीले दशैँका लागि झण्डै तीन हजार खसीबोका र च्यांग्रा ल्याउने तयारी पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।