बोरिस जोनसन बेलायतका अहिलेसम्मकै खराब प्रधानमन्त्री

 भदौ १७, २०७९ शुक्रबार १०:२५:३३ | एजेन्सी
unn.prixa.net

एक सर्वेक्षणले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई अहिलेसम्मकै खराब प्रधानमन्त्री भएका देखाएको छ । मार्केट अनुसन्धान कम्पनी इप्सोसद्वारा सन् २०१९ देखि २०२२ को अगस्टसम्म गरिएको अध्ययनले बेलायती नागरिक प्रधानमन्त्री जोनसनप्रति अहिलेसम्मका अरु प्रधानमन्त्रीभन्दा बढी असन्तुष्ट रहेको देखाएको हो ।

दोस्रो विश्वयुद्धपछि बेलायती प्रधानमन्त्रीको कार्यसम्पादनको बारेमा सोधिएका प्रश्नमा ४९ प्रतिशतले अहिलेका प्रधानमन्त्री बोरिस जोनसनको कामलाई खराब बताएका छन् । यस्तै, ४१ प्रतिशतले म्यारी थेरेसा र ३८ प्रतिशतले डेबिड क्यामरुनलाई खराब बताएका इप्सोसको प्रतिवेदनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।  

यस्तै बोरिस जोनसनका राजनीतिक गुरु विन्सटन चर्चिललाई ६२ प्रतिशत मानिसले असल बताएका छन् । इप्सोसका राजनीतिक अनुसन्धान प्रमुख किरन पेडले भन्नु भएको छ,- ‘विंस्टन चर्चिल प्रधानमन्त्रीको शीर्ष स्थानमा हुनुहुन्छ, त्यसपछि मार्गेट थ्याचरलाई मानिसले रुचाएको पाइयो ।’

इप्सोसको सर्वेक्षणमा सहभागी एक हजार एक सयमध्ये ३३ प्रतिशतले बोरिस जोनसनलाई राम्रो भनेका छन् । यस्तै प्रतिवेदनकाअनुसार टोनी ब्लेयरको कामलाई ३६ प्रतिशत र मार्गेरेट थ्याचरको कामलाई ४३ प्रतिशतले राम्रो भनेका सर्वेक्षणले देखाएको छ । प्रधानमन्त्री बोरिस जोनसनको कार्यकाल आउँदो हप्ता सकिदैछ ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया