अर्जेन्टिनाकी उपराष्ट्रपतिलाई ताकिएको बन्दुक नपड्किँदा अप्रिय घटना हुन पाएन

 भदौ १७, २०७९ शुक्रबार १८:४८:५९ | एजेन्सी
unn.prixa.net

तस्बिर : अलजजिरा

अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किच्नरलाई ताकिएको बन्दुक नपड्किँदा उहाँ हत्या प्रयासबाट जोगिनुभएको छ ।

आफ्नै निवासअघि समर्थकहरूलाई अभिवादन गर्दै गर्दा भिडमा रहेका एक व्यक्तिले उहाँमाथि ह्यान्डगन ताकेका थिए । पाँच वटा गोली भरिएको बन्दुकबाट गोली प्रहार गर्न ट्रिगर दबाउँदा पनि हतियार जाम भएर नपड्किएको अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बताउनुभएको बीबीसीले जनाएको छ । प्रहरीले हतियारधारीलाई पक्राउ गरेको छ । बन्दुक प्रहार गर्ने व्यक्ति ३५ वर्षका ब्राजिलियन नागरिक भएको बताइएको छ ।

राष्ट्रपति फर्नान्डेजले किच्नरको ज्यान लिने कोसिसलाई सन् १९८३ मा अर्जेन्टिनामा प्रजातन्त्र स्थापनापछिको सबैभन्दा गम्भीर घटना भन्नुभएको छ । प्रजातन्त्र र उपराष्ट्रपतिप्रति ऐक्यबद्धता व्यक्त गर्नका लागि अर्जेन्टिनमा आज सार्वजनिक बिदा दिइएको छ ।

स्थानीय सञ्चारमाध्यमले एक व्यक्तिले उपराष्ट्रपतिको अनुहार नजिकै बन्दुक लगेर प्रहार गरेको कोसिस गरेको तस्बिर सार्वजनिक गरेका छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया