भारतमा बस दुर्घटनामा ज्यान गुमाएका ३ जना नेपालीको परिचय खुल्यो

 भदौ १८, २०७९ शनिबार १४:५८:५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एएनआई

भारतको उत्तर प्रदेशमा ट्रकले बसलाई ठक्कर दिँदा चार जना नेपालीको ज्यान गएको छ । ट्रकले बसलाई ठक्कर दिँदा अरू २४ जना घाइते भएका छन् ।

रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लाको महंगुपुर गाउँमा रोकिराखेको बेला ट्रकले ठक्कर दिएको 'द टाइम्स अफ इन्डिया' ले जनाएको छ । ज्यान गुमाउनेमा बाँकेको राप्ती सोनारी गाउँपालिकाका प्रेम थारु र शीतल थारु तथा दाङको तुलसीपुर उपमहानगरपालिकाका चक्रबहादुर वली रहेका छन् । मृतक एक जनाको परिचय खुलेको छैन । घाइतेमध्ये १४ जना नेपाली रहेका छन् । उनीहरूको बाराबंकी जिल्ला अस्पताल र लखनउमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गोवा जाँदै गरेको बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर परिवर्तन गर्दै गर्दा पछाडिबाट ट्रकले ठक्कर दिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै 'द टाइम्स अफ इन्डिया' ले जनाएको छ । बसमा झन्डै एक सय ५० जना यात्रु रहेकोमा ६० जनाभन्दा धेरै नेपाली कामदार थिए । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया