नेतृ आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय

 भदौ १९, २०७९ आइतबार १२:४:११ | एजेन्सी
unn.prixa.net

म्यानमारको सैन्य अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय सुनाएको छ ।

उहाँलाई चुनावमा धाँधली गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ ।

सुकीलाई अहिलेसम्म ११ वटा मुद्दामा २० वर्षको जेल सजाय तोकिएको छ । अझ थप केही आरोपमा उहाँमाथि सुनुवाइ हुन बाँकी छ । तर, नेतृ सुकीले यी सबै आरोपहरू अस्वीकार गर्दै आउनुभएको छ ।

सैन्य अदालतको फैसलालाई लिएर अधिकारवादी सङ्घ संस्था र समूहले राजनीतिक रूपमा प्रतिशोध साध्न प्रेरित भएको भन्दै निन्दा गरेका छन् । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया