जीडीपीमा बेलायतलाई उछिन्दै भारत पाँचौँ नम्बरमा उक्लियो, प्रतिव्यक्ति आयमा भने ठूलो अन्तरले पछाडि

 भदौ १९, २०७९ आइतबार १३:४५:४३ | एजेन्सी
unn.prixa.net

कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपीको आधारमा भारतले बेलायतलाई पनि उछिनेको छ । ब्लूमबर्गले निकालेको पछिल्लो तथ्याङ्कअनुसार बेलायतलाई उछिन्दै भारत पाँचौँ स्थानमा उक्लिएको हो । 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को तथ्याङ्कलाई आधार मानेर ब्लूमबर्गले सार्वजनिक गरेको विवरणअनुसार भारतको अर्थव्यवस्था आठ खर्ब ५४ अर्ब ७० करोड डलरको र बेलायतको अर्थव्यवस्था आठ खर्ब १६ अर्ब डलरको रहेको बीबीसी हिन्दीले जनाएको छ । 

जीडीपीको आधारमा अमेरिका पहिलो, चीन दोस्रो, जापान तेस्रो र जर्मनी तेस्रो आर्थिक शक्ति हुन् । कोरोना महामारी तथा रुस–युक्रेन युद्धको असरले युरोपेली देशको अर्थव्यवस्थालाई नकरात्मक असर गरेको छ । तर यो बेला पनि भारतको अर्थव्यवस्था सुधारिएको भारतमा शेयर बजार कारोबारसम्बन्धी अध्ययन गर्ने संस्था केडिया क्यापिटल्सका रिसर्च प्रमुख अजय केडियालाई उद्धृत गर्दै 'द इन्डिया एक्सप्रेस' ले जनाएको छ । 

जीडीपीमा भारत बलियो देखिए पनि प्रतिव्यक्ति आयमा भने बेलायतभन्दा धेरै पछाडि रहेको छ । बेलायती नागरिकको प्रतिव्यक्ति आय ४७ हजार डलरभन्दा धेरै छ भने भारतमा भने प्रतिव्यक्ति आय दुई हजार डलरमात्र छ । एक अर्ब ३८ करोड जनसङ्ख्या भएको भारत र ६ करोड ७२ लाख जनसङ्ख्या भएको बेलायतको जीडीपी उस्तै–उस्तै हुनु भारत निकै कमजोर छ भन्ने बुझ्नुपर्ने आर्थिक विश्लेषकहरू बताउँछन् । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया