मन्त्रीसँग विवाद गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड पाँच दिन थुनामा

 भदौ २०, २०७९ सोमबार ७:४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जीवनराम श्रेष्ठसँग विवाद गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्डलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौले ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

जिल्ला प्रशासनले हिजो छायाँ सेन्टरका सुरक्षा गार्ड शेरजङ्ग गुरुङलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । क्यानडा जानका लागि श्रीमतीको बायोमेट्रिक गराउन गएको शुक्रवार ठमेलमा रहेको छायाँ सेन्टरमा पुगेका मन्त्रीलाई सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न आग्रह गर्नुभएको थियो ।

मन्त्री आउने पूर्व जानकारी नभएको भन्दै सुरक्षागार्ड गुरुङले अरु सेवाग्राही जस्तै उहाँले पनि लाइनमा बस्न आग्रह गरेपछि विवाद भएको थियो । त्यसपछि मन्त्रीका पीएसओ, मन्त्री र सुरक्षा गार्डको बीचमा धकेलाधकेल भएपछि प्रहरीले गुरुङलाई शुक्रवार नै पक्राउ गरेको थियो ।

सुरक्षा गार्डलाई प्रहरी वृत दरबारमार्गमा राखेर मुद्दा चलाइएको छ । नियम पालना गराउने सुरक्षागार्डलाई मन्त्रीले आफ्नो हैकम देखाउँदै थुनामा राखेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Yubaraj

    Sept. 5, 2022, 7:16 a.m.

    वुद्धी नभयको मंत्री।जनाताले यस्ता मंत्रीवाट के आषा राख्ने ?

  •  0 Reply

तपाईको प्रतिक्रिया