सन्दीप लामिछाने विरुद्ध बलात्कारको उजुरी

 भदौ २२, २०७९ बुधबार ७:१५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध प्रहरीमा जाहेरी परेको छ । मंगलबार काठमाण्डौ प्रहरी परिसरमा पीडितकातर्फबाट जाहेरी परेको हो ।

घटनाको विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारीले औपचारिक रूपमा केही बताएका छैनन् । प्रहरीका अनुसार पीडितले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर गएको ५ गते नगरकोट घुमाउन लगेको जाहेरीमा उल्लेख गरेकी छन् । नगरकोटबाट त्यही रात फर्किएर काठमाण्डौको एक होटलमा बसेको र त्यहीँ आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । लामिछाने अहिले क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।


 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Hemu Ghimire

    Sept. 7, 2022, 11:32 a.m.

    एउटी किशोरी कसरी राति घर जान्न या घरका सद्स्यको अनुमति बिना कसरी होटलमा या घर भन्दा बहिर बस्न दिइन्छ?यो अनुमति घर परिवारबाट पाईन्छ भने त्यसको अर्थ भैसिले राँगा खोज्यो दाम्लो फुकाल्देउ राँगाहरु चर्न आयहोला उतै राँगोलाग्छ!भने जस्तै होईन र?बिकृती घरबाट सुरुहुन्छ अनि समाज,देशै धमिल्याइन्छ!?बलत्कार गर्न सजिलो र सहज अबस्य हुदैन!भेट्न जाने,होटलमा जाने,सामाजिक संजालमा नांगो नाँच देखाउनेहरुले म माथि यस्तै घटना घटाउ भनेर निमन्त्रणा दियको होईन र?

  •  0 Reply

तपाईको प्रतिक्रिया