हैदराबाद : गणेशलाई चढाइएकाे २१ केजीकाे लड्डु २४.६० लाख भारुमा बिक्री

 भदौ २५, २०७९ शनिबार १२:४३:१५ | एजेन्सी
unn.prixa.net

तस्बिर : हैदराबाद ट्राफिक प्रहरी

भारतकाे हैदराबादमा बालापुर गणेशलाई चढाइएकाे २१ किलाेग्रामकाे लड्डु शुक्रवार २४.६० लाख भारु (झन्डै ४० लाख रुपैयाँ) मा बिक्री भएकाे भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएकाे छ । 

गणेश चतुर्थीका अवसरमा गणेशकाे प्रतिमामा चढाइएकाे लड्डु लिलामीमा यति महँगाे मूल्यमा बिक्री भएकाे हाे । स्थानीय व्यापारी वी लक्ष्मा रेड्डीले गणेशलाई चढाइएकाे लड्डु किनेका खबरमा उल्लेख छ । गएकाे वर्ष लड्डु १८.९० लाख भारुमा बिक्री भएकाे थियाे । गणेशलाई चढाएकाे लड्डु किन्दा साैभाग्य हुने, राम्राे स्वास्थ्य, सम्पत्ति र खुसी प्राप्त हुने स्थानीयवासीकाे मान्यता छ । गणेशकाे मूर्ति विसर्जन गर्नुअघि लड्डु लिलामी भएकाे हाे । 

यसैबीच सहरमा गणेशकाे मूर्ति विसर्जन कार्यक्रममा मानिसकाे भिड बढेपछि धेरै सङ्ख्यामा प्रहरी परिचालन गरिएकाे खबरमा उल्लेख छ । विसर्जन कार्यक्रम आज शनिवार दिउँसाेसम्म चल्ने सम्भावना छ ।  

१० लाख सीसीटीभीकाे सहयाेगमा पूरै तेलङ्गाना राज्यमा मूर्ति विसर्जन शाेभा यात्रामा नजर राखिएकाे प्रहरीले जनाएकाे छ । राज्य सरकारले हैदराबाद र नजिककाे जिल्लामा शुक्रवार सार्वजनिक बिदा घाेषणा गरेकाे थियाे । बालापुरदेखि हुसैनपुरसम्म १९ किलाेमिटरकाे पूरै यात्रा मार्गमा सुरक्षा व्यवस्था कडा बनाइएकाे छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया