जबरासँगकाे बयान सकियाे, जबराले आराेप लगाएका व्यक्तिसँग पनि बयान लिइने

 भदौ २८, २०७९ मंगलबार १६:२१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – महाअभियाेग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबरासँगकाे बयान भर्खरै सकेकाे छ । जबरालाई साेध्न तयार पारिएकाे ४३ वटै प्रश्न साेधिएकाे समितिले जनाएकाे छ ।   

यसैबीच समितिले बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आरोप लगाएका व्यक्तिलाई पनि बोलाउने तयारी गरेको छ । बयानका क्रममा जबराले नाम लिएका विभिन्न दलका नेता, न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता, बार एसोसिएशन, सर्वोच्च बार एसोसिएशन लगायतका पदाधिकारीलाई पनि बयानमा बोलाउनेबारेमा समितिले छलफल गरेको छ । समितिका सदस्य प्रमोद साहले जबराले बयानका क्रममा विभिन्न व्यक्तिलाई गम्भीर आरोप लगाएकाले पनि उनीहरूलाई पनि बोलाउने तयारी भएको बताउनुभयो ।  

जबराले सर्वोच्च अदालतलाई दलहरूले सेटिङका आधारमा चलाउने गरेको, न्यायाधीशहरूले स्वार्थका आधारमा फैसला गर्ने गरेको, आफूले भनेअनुसारका फैसला नआएमा सिधा तथा घुमाउरो बाटोबाट न्यायाधीशहरूलाई सिध्याउने गरेको लगायतका आरोप लगाउनुभएको छ । यस्तै उहाँले पूर्वप्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ताहरूले पनि सर्वोच्च अदालतका नियुक्तिमा भाग खोज्ने गरेको आरोप लगाउनुभएको थियो । उहाँले लगाएका आरोप गम्भीर प्रकृतिका भएको भन्दै समितिले आरोपित व्यक्तिलाई पनि बोलाउने तयारी गरेको हो ।  

यसैबीच बैठकले समितिको प्रवक्ताको जिम्मेवारी लक्ष्मीप्रसाद गौतमलाई दिने निर्णय गरेको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया