आजदेखि एमडीएमएस कार्यान्वयनमा, कस्ता मोबाइल चल्ने, कस्ता नचल्ने ?

 भदौ ३०, २०७९ बिहिबार ७:३२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस आजदेखि लागू हुँदैछ । विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयन गर्न थालेको हो ।

आज दिउँसो ललितपुरमा एक कार्यक्रम गरेर प्राधिकरणले एमडीएमएस कार्यान्वयनको सुरुवात गर्दैछ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्र्याकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको लागि यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ ।

आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वतह एमडीएमएसमा दर्ता हुने पनि प्राधिकरणले जनाएको छ । तर अब मोबाइल किन्दा mdms.nta.gov.np मा गइ दर्ता भए/नभएको यकिन गरेर मात्रै  किन्न  पनि प्राधिकरणले आग्रह गरेको छ ।

यस्तै मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा स्वीकृति लिएर प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै खरिदबिक्री गर्न प्राधिकरणले सचेत गराएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

3 Comments

  • rupak singh

    Sept. 15, 2022, 2:33 p.m.

    राम्रो हो ! अब आऊने नया सेट पनी दर्ता गरेर टैक्स तिरेर चलाउन पाए राम्रो ! साथी भाई ईस्टमित्र हरुले बिदेश बाट पठाई दीये भने त्यो सहजई चलाउन पाए अत्ती उत्तम र esim छीटो आय झनराम्रो !

  •  0 Reply
  • Ganesh khadka

    Sept. 15, 2022, 10:26 a.m.

    एकदमै राम्रो लाग्यो, यो नेपालको लागि अति उपयुक्त हुन्छ

  •  0 Reply
  • Yogesh bhatta

    Sept. 15, 2022, 8:13 a.m.

    I purchase to india this mobile now I'm using India after come to nepal that time my mobile working or not working👨‍💻

  •  0 Reply

तपाईको प्रतिक्रिया