राेजर फेडररले टेनिसबाट सन्न्यास लिने घाेषणा गरे

 भदौ ३०, २०७९ बिहीबार १९:५०:३० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

२० औँ पटक ग्रान्ड स्लाम जितेका राेजर फेडररले टेनिसबाट सन्न्यास लिने घाेषणा गरेका छन् । 

फेडररले यस महिनाकाे अन्तिममा लन्डनमा हुने लेभर कपमा सहभागी भएपछि टेनिसबाट सन्न्यास लिने घाेषणा गरेका बीबीसीले जनाएकाे छ । ‘मैले २४ वर्षमा १५ सयभन्दा बढी खेल खेलेको छु । अब मैले मेरो प्रतिस्पर्धी करियरको अन्त्य गर्ने समय हो भनेर बुझ्नुपर्छ । टेनिसलाई म माया गरिरहने छु’ फेडररले भने । 

४१ वर्षीय फेडरर सन् २०२१ मा विम्बलडनदेखि नै टेनिस खेलबाट टाढा छन् ।  फेडरर गएकाे तीन वर्षदेखि घुँडाको समस्यासँग सङ्घर्ष गरिरहेका थिए । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया